आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो
रौतहट । रौतहटमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव भेटिएको भएको छ । जिल्लाको यमुना माई गाउँपालिकास्थित एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटिएको हो । यमुना माई गाउँपालिका ५ झुनखुनवा टोलका विष्णुप्रसाद यादवका २५ वर्षीय छोरा रवि प्रसाद यादव आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीय हृदय नारायण साहको बगैँचामा मृत फेला परेका उनलाई घाँटीमा गम्छाको पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकका बाबु विष्णुले भने छोरा रविको कसैले हत्या गरे रुखमा शव झुण्ड्याइएको आरोप लगाएका छन् । उनले घटनाको गहन अनुसन्धान गर्न प्रहरी समक्ष माग गरेका छन् ।
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहले बताए । मृतक रविको शव पोष्टमार्टमका लागि काठमाडौ पठाइएको र घटना बारे तत्काल केही भन्न नमिल्ने एसपी शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण