मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो

सोमबार, १० जेठ २०७८, १८ : २७
सोमबार, १० जेठ २०७८

रौतहट । रौतहटमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव भेटिएको भएको छ । जिल्लाको यमुना माई गाउँपालिकास्थित एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा  युवकको शव भेटिएको हो । यमुना माई गाउँपालिका ५ झुनखुनवा टोलका  विष्णुप्रसाद यादवका २५ वर्षीय छोरा रवि प्रसाद यादव आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीय हृदय नारायण साहको  बगैँचामा मृत फेला परेका उनलाई घाँटीमा गम्छाको पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकका बाबु विष्णुले भने छोरा रविको कसैले हत्या गरे रुखमा शव झुण्ड्याइएको आरोप लगाएका छन् । उनले घटनाको गहन अनुसन्धान गर्न प्रहरी समक्ष माग गरेका छन् ।

प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहले बताए । मृतक रविको शव पोष्टमार्टमका लागि काठमाडौ पठाइएको र घटना बारे तत्काल केही भन्न नमिल्ने एसपी शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप