भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा
भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुगेका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।
त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उनले पहिलो पटक भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एनटोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्ने जनाइएको छ । उनीहरुका बीचमा मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न उनी वासिङ्टन जाने कार्यक्रम रहेको छ । उनको अमेरिका भ्रमण यही मे २८ मा सकिने भएको छ । भ्रमणका क्रममा उनले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।
त्यसैगरी व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण