भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा

भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुगेका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।
त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उनले पहिलो पटक भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एनटोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्ने जनाइएको छ । उनीहरुका बीचमा मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न उनी वासिङ्टन जाने कार्यक्रम रहेको छ । उनको अमेरिका भ्रमण यही मे २८ मा सकिने भएको छ । भ्रमणका क्रममा उनले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।
त्यसैगरी व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड