महाबु गाउँपालिकाले काेराेनाबाट मृत्यु भएकाका परिवारलाई ५० हजार रकम दिने
दैलेखकाे महाबु गाउँपालिकाले कोरोनाबाट मृत्यु भएकाका परिवारलाई सहयोगस्वरुप ५० हजार रकम दिने भएको छ । कोरोना भाइरसका कारण गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा प्रति व्यक्ति ५० हजार दिने निर्णय गाउँ कार्यपालिकाले गरेको हो ।
कोरोनाबाट संक्रमित बिरामीको निशुल्क उपचार गर्नुका साथै मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार राहत स्वरूप रकम उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जानकारी दिए ।
‘नया भेरियन्ट सहितको कोरोना भाइरसले आक्रान्त परिरहेको छ । समुदायस्तरमा ५० प्रतिशत भन्दा बढी संक्रमित देखा परिसकेको अवस्थामा छ ।’ अध्यक्ष शाहीले भने, ‘ उपचारको अभावमा नागरिकको ज्यान गुमाउन पर्ने अवस्था सृजना हुन नदिन लगाइरहेका छौ ।’
गाउँपालिका मार्फत कोरोना लक्षण देखिएका बिरामीको औषधि उपचार, अक्सीजन, खाजा, खाना लगायतको सबै सेवा निशुल्क गरिएको अध्यक्ष शाहीले बताए ।
दोस्रो चरणको कोरोना लहर पश्चात ६६ जना सक्रिय संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशौंदीले जानकारी दिए। उनका अनुसार एन्टीजेन्ट विधिबाट गरिएको परीक्षणबाट ३१ जना र पिसिआर ३५ जना कोरोना संक्रमित पुष्टि भएका हुन् ।
महावुमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण