पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट प्रतिबन्ध, सरकारमाथि भड्किए नागरिक
पाकिस्तान सरकारको तर्फबाट टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर हटाइसकिएको छ । पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पीटीए)ले यो सोसल मिडिया एप कन्टेन्टरको सेन्सर गर्नका लागि नयाँ तरिका अपनाएको छ । त्यो हो व्यक्तिगत रुपमा कुनै अकाउन्टमाथि प्रतिबन्ध लगाउनु । पीटीएको तर्फबाट स्पोर्टस् कमेन्टेटर मिया खलिफाको अकाउन्टमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।
कुनै आधिकारिक घोषणा बिना पीटीएले मिया खलिफाको अकाउन्टमाथि प्रतिबन्ध लगाइदिएको छ । यस्तो किन गरियो, यसको कुनै स्पष्ट कारण पनि बताइएको छैन ।
पाकिस्तानमा जब मिया खलिफाका प्रशंसकले उनको अकाउन्टको सामग्री देख्न पाएनन् तब उनीहरुले ट्वीटरमा यसबारे हल्लाखल्ला गर्न थाले । मियाले त्यहीँबाट आफ्नो अकाउन्ट प्रतिबन्ध भएको थाहा पाइन् । यो थाहा पाउँदा उनी अचम्मै परिन्
तर लेबनान मूलकी मिया खलिफाले पीटीएको यो प्रतिबन्धलाई वास्तै गरिनन् र उनले आफ्नो ट्वीटमा जे भनिन् त्यसले उनका पाकिस्तानका प्रशंसकलाई थोरै भएपनि राहत प्रदान गरेको छ ।
मिया खलिफाले ट्वीटमा भनिन्, ‘म अबदेखि आफ्नो सबै टिकटक ट्वीटरमा पुनः पोस्ट गर्नेछु । यो मेरा ती पाकिस्तानी प्रशंसकका लागि हो जसले फासीवादलाई जरैदेखि हटाउन चाहन्छन् । ’
Shoutout to Pakistan for banning my tiktok account from the country. I’ll be re-posting all my tiktoks on Twitter from now on for my Pakistani fans who want to circumvent fascism 💕
— Mia K. (@miakhalifa) May 22, 2021
पाकिस्तानमा थुप्रै सोसल मिडिया प्रयोगकर्ताले मिया खलिफाको समर्थन गरे र पीटीएको कदमको आलोचना गरे । उनीहरुले पीटीएलाई आफ्नो वास्तविक काममा ध्यान केन्द्रीत गर्न सुझाव पनि दिएका छन् ।
Shoutout to Pakistan for banning my tiktok account from the country. I’ll be re-posting all my tiktoks on Twitter from now on for my Pakistani fans who want to circumvent fascism 💕
— Mia K. (@miakhalifa) May 22, 2021
स्मरण रहोस्, मिया खलिफा सामाजिक र मानवाधिकार सम्बन्धि मुद्दाबारे आफ्नो धारणा राख्ने गर्छिन् । उनले प्यालेस्टिनीमाथि इजराइली हमलाविरुद्ध पनि आवाज उठाएकी छिन् । मिया खलिफाले यो विषयमा संयुक्त राष्ट हात बाँधेर बसिरहेको आरोप लगाएकी छिन् ।
Pakistani gov will not do SHIT about its own country and the problems we face but they’ll go out of their way to ban mia khalifa on tiktok... ya allah humey bachai https://t.co/2WX8o1XwRn
— r 🇵🇸 (@depressed_Iibra) May 22, 2021
मिया खलिफाको सोसल मिडियामा तगडा फ्यान फलोविङ छ । मिया खलिफाले पोर्न इन्डष्ट्रिमा पनि काम गरिसकेकी छिन् । उनले २१ वर्षको उमेरमा पोर्न इन्डष्ट्रिमा आफ्नो पहिचान बनाउन सफल भएकी थिइन् । यद्यपि, अब मियाले पोर्न इन्डष्ट्रि छोडिसकेकी छिन् ।
LMAOOOO THEY WHAT!!! https://t.co/xqqJygEdOm
— Mia K. (@miakhalifa) May 22, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण