गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।
गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको शाहीले बताए ।
सोमबार मात्रै वडा दुई थालीमा ४० देखि ५० जनाको औषधि उपचार गरीएको उनले बताए । कोरोनाको आशङ्कामा उक्त गाउँमा सात जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको शाहीले जानकारी दिए ।
थाली गाउँमा देखिएको मौसमी रुघाखोकी नियन्त्रणका लागी स्वास्थ्यचौकीले माग गरेअनुसारको औषधि गाउँपालिकाबाट पठाएको स्वास्थ्य संयोजक बलिराज शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण