कर्णाली प्रदेशमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिँदै
कर्णाली प्रदेश सरकारले रिलिफ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । मन्त्रिपरिषद बैठकले अक्सिजन अभावको समस्यालाई निराकरण गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गर्न दुई करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो।
प्लान्ट स्थापना गर्नका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रकम थप गर्ने भएको हो । त्यस्तै खाद्यान्न अभाव हुन नदिनका लागि प्रदेश सरकारले खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत लाई ८३०० क्वीन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार ८ सय ३३ रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
यसका साथै खाद्यान्न खरिदका लागि डोल्पा र कालिकोटका स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्न स्वीकृत समेत प्रदान गरेको छ । त्यस्तै कर्णाली प्रदेश अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको म्याद आगामी असार मसान्त सम्म का लागि थप गरेको छ ।
त्यस्तै प्रदेश सरकारले जलश्रोतको एकीकृत उपयोग, व्यवस्थापन तथा संरक्षण नीति २०७८ लाई स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण