आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

किन अनुहार देखाउन चाहन्नन् इरफानकी श्रीमती ? बुर्का वा हातले सधैं छोपेको देखिन्छिन्

बुधबार, १२ जेठ २०७८, १३ : ४८
बुधबार, १२ जेठ २०७८

भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बिरका कारण चर्चामा छन् । इरफानका छोरा इमरानको इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती सफा र छोरासँग देखिएका छन् ।

फोटोमा सफाको अनुहार ब्लर गरिएको छ । सफाको ब्लर फोटोमा प्रयोगकर्ताले इरफानमाथि निशाना साँधेका छन् । इरफानले यसको जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘मेरी श्रीमतीले आफ्नो इच्छाले आफ्नो अनुहार ब्लर गरेकी छिन् र साँच्ची, म उनको मालिक होइन, साथी हुँ ।’

इरफान पठान सोसल मिडियामा सफा बेगको अत्यधिक फोटो सेयर गर्छन् । यद्यपि, धेरैजसो फोटोमा सफा बुर्कामा हुन्छिन् । यदि बुर्कामा छैनन् भने उनको अनुहार हातले ढाकिएको हुन्छ । उनको तस्बिर हेर्दा यस्तो लाग्छ कि सफा आफ्नो अनुहार देखाउन चाहन्नन् । यद्यपि, यो उनको नीजि निर्णय पनि हुनसक्छ ।

थुप्रै फोटो यस्ता पनि छन् जसमा सफाले मास्क लगाएको देख्न सकिन्छ, उनीसँगै भएका इरफान भने मास्क बिना देखिन्छन् । स्मरण रहोस्, इरफान र सफा सन् २०१६ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । इरफान र सफाको विवाह मक्कामा भएको थियो ।

सफाका पिता मिर्जा फारुख बेग साउदी अरबका व्यापारी हुन् । सफा र इरफानको पहिलो भेट दुबईमा भएको बताइन्छ । सफाको जन्म २८ फेब्रुअरी, सन् १९९४ मा भएको हो ।

सफा बेग साउदी अबरको जेद्दामा नै हुर्किइन् र इन्टरनेशनल इन्डियन स्कूलमा  उनी पढिन् । २७ वर्षकी सफा निकै सुन्दर छिन् । उनी मिडिल इस्ट एशियाकी चर्चित मोडल हुन् र थुप्रै चर्चित म्यागजिनमा उनका थुप्रै तस्बिर छापिइसकेको छ । विवाहपछि सफाले आफ्नो जीवन नीजि राख्ने निर्णय गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप