गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशका ११ वटा जिल्लामा गरिएको नमूना परिक्षणमा ४८० महिला र ५९९ पुरुषसहित १ हजार ७९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ३७०, गोरखा २१८, नवलपरासी पूर्व ११८, तनहुँ १६६, स्याङजा ५०, म्याग्दी ३६, बागलुङ ११, लमजुङ ३६, पर्वत ६५, मुस्ताङमा ८ र मनाङमा १ जनामा संक्रमण देखिएको हो । गण्डकीमा तीन सातादेखि कोरोना संक्रमण तीव्र रुपमा बृद्धि हुदै गएको छ । प्रदेशमा मंगलबार (हिजो) अहिलेसम्मकै धेरै १ हजार ५४९ जनामा संक्रमण देखिएको थियो ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ९५४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण