बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा माओवादी संसदीय दलको प्रमुख सचेतकमा विष्ट

शुक्रबार, १४ जेठ २०७८, १३ : ४६
शुक्रबार, १४ जेठ २०७८

सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्य ठम्मर विष्टलाई नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ ।   यसअघि सचेतकको भुमिकामा रहेकी सीताकुमारी नेपाली मन्त्री र प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेपछि माओवादी संसदीय समितिमा विष्टलाई जिम्मेवारी दिइएको हो ।

उनलाई बिहीबार सचेतकको जिम्मेवारी दिइएको हो । केही समयअघि माओवादी केन्द्र छाडेर एमालेमा गएका थिए । पछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत अभाव हुने भएपछि शाहीको जोडबलमा साथ उनी पुन माओवादी पार्टीमा फर्किएका थिए । 

गत असोजतिर एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग मिलेर सांसद विष्टले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । उनीसँगै हस्ताक्षर गरेका धर्मराज रेग्मीको भने सांसद पद नै गएको थियो । रेग्मी  अधिवक्ता समेत हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप