शाओमीले लेटेस्ट मी फ्ल्यागशिप नेपालमा लन्च गर्दै, मे ३०बाट बजारमा
काठमाडौं । शाओमीले स्मार्ट फोनको लाइन अपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउण्ड ब्रेकिङ्ग लगायतका सुविधाहरु सहित डेब्यु गरेको छ ।
यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘ब्रान्ड मीको उद्देश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियममात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौं । जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो ।’
मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट रहोराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ । मी ११ अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
शाओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गर्ने पनि जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
-
एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण