गणतन्त्रले राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्नेको छ : कर्णाली प्रदेश प्रमुख
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू र आमजनता एकजुट भएर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सफल हुने अपेक्षा गरेको छु ।”
उनले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङक्तिमा खटिएर काम गर्नेहरुप्रति उच्च सम्मान गर्दै सङ्क्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा आह्वान गरेका छन् ।
साथै यस अवसरमा गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य र शान्तिको शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण