जापानमा १२ देखि १५ वर्ष सम्मकालाई फाइजरको खोप दिन स्वीकृति
एजेन्सी । जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्ष सम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।
फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो । मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजर खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ ।
यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो । परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरूले खोप १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् ।
स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण