मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

२ महिनापछि संघीय र प्रादेशिक दुबै सरकार एमालेकोः केपी ओली

मङ्गलबार, ३१ असोज २०७४, १५ : २०
मङ्गलबार, ३१ असोज २०७४

 काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेका छन् । 

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दावी गरे । उनले अवको २ महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने पनि बताए । 

अध्यक्ष ओलीले कम्युनिष्टको जित हुन्छ भनेर नै प्रतिकृयावादी एक हुन थालेको भन्दै प्रतिकृयावादीहरु एक भएपनि बामपन्थी एकतामा कुनै असर नहुने बताए । गठबन्धन र एकतालाई सवैले इमान्दार भएर सफल बनाउनुको विकल्प नभएको ओलीको भनाई छ । 

हालै सम्मपन्न २ नम्बर प्रदेशको स्थानीय चुनावको परिणामप्रति एमालेलाई चित्त नबुझेपनि बिपक्षीले चलाएको हल्ला जस्तो नभएको बताए । ‘एमालेसँग विचार, नीति, संगठन र जनताको विश्वास छ, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा एमाले छ । त्यहि भएर जनताले विश्वास गरेका हुन् । एमालेलाई जनताले विश्वास गरेपछि कांग्रेस किन नआत्तिओस ?’ ओलीको भनाई थियो । 

उनले एमाले पार्टी अरु पार्टीसँग तुलाना नै गर्न नहुने बताए । स्थानीय निर्वाचनमा १४ हजार ९८ जना एमालेबाट निर्वाचित भएको तथा कांग्रेसले भन्दा एक लाख बढि मत ल्याएकाले कांग्रेस डराएको बताए । 

उनले युवाहरुकै कारण एमाले जनताको पार्टी बन्न सफल भएको भन्दै युवाहरुलाइ बधाई पनि दिए । आफु र माधव नेपाललगायतका नेताहरुले जेलनेल भोगेर एमालेलाई यहाँसम्म ल्याइपुर्याएको स्मरण गरेका अध्यक्ष ओलीले देशको प्रमुख पार्टी एमाले बनेकोमा सवैले गर्व गर्नुपर्ने बताए । ‘युवाहरुको भविश्य, देश र भविश्यका लागि सर्वाधिक चिन्तन गर्ने पार्टी एमाले हो’ अध्यक्ष ओलीको भनाई थियो । 

कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले नोपली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर नभएको बताए । नेता नेपालले अवाश्यक्ता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको भन्दै मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउँन आग्रह गरे । 
कांग्रेसका पछिल्ला गतिविधिप्रति सर्तक रहनुपर्ने भन्दै नेता नेपालले निर्वाचन नगर्न सरकारमा नयाँ गठबन्धन बनिरहेको बताए । उनले सर्वदलीय सरकार गठन गर्न प्रयास गर्नुपर्ने बेलामा माओवादीका मन्त्री हटाउन दवाव दिएर कांग्रेस र प्रधानमन्त्रीले लोकतन्त्रको खिल्ली उडाएको बताए । कार्यक्रममा कंग्रेस तनहँुका नेता माधव पन्त लगायत काठमाडौका केही खेलाडीहरु एमाले प्रवेश गरेका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप