सरकारलाई मदनकृष्ण श्रेष्ठको प्रश्न : ‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’
काठमाडौंँ । कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना निकै बलियो भएको बताएका छन् । एक साताअघि अस्पतालबाट कोरोना जितेर घर फर्किएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबैको अमृतरुपी मायाले गर्दा कोरोनारुपी विषलाई आफु पन्छाउन सफल भएको बताएका छन् ।
उनले लेखेका छन्– ‘ कोरोनाले मलाई पछार्न त नराम्रैसँंगै पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ... । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’
कृतज्ञता ज्ञापन शीर्षकमा पोष्ट गरिएको स्टाटसमा उनले आफ्नो शरीरमा अझै अलिअलि शिथिलता बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘देशमा अझै पनि कोरोना पीडितहरु धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन् । यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यहि कुलङ्गार कोरोना नै हो’ श्रेष्ठले अगाडि थपेका छन् ‘सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु ।’ उनले सरकारलाई प्रश्न समेत गरेका छन्– ‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण