एक छोराका पिता तुषार कपुरले भने, ‘गर्दिनँ विवाह, कसैसँग आफूलाई बाँड्न सक्दिनँ’
तुषार कपुर एक छोराका पिता हुन् । उनी आफ्ना छोरासँग समय व्यतित गरिरहेका छन् । तुषारले अहिलेसम्म विवाह गरेका छैनन् र पछि पनि उनको विवाह गर्ने कुनै योजना नै छैन । तुषारले आफूलाई कसैसँग बाँड्न नचाहेको बताए ।
एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा तुषारलाई ‘विवाहको योजनामा हुनुहुन्छ ’ भनेर प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘छैन, किनभने यदि मेरो यस्तो कुनै योजना भएको भए म सिंगल पेरेन्ट बन्ने थिइनँ । म हरेक दिन आफ्नो छोरासँग केही न केही गरिरहेको हुन्छु । योबाहेक अर्को विकल्प पनि छान्न सक्दिनँ । म कसैलाई अरुसँग बाँड्न सक्दिनँ । अहिले पनि र पछि पनि । यदि अन्त्य सही भयो भने सबै कुरा सही छ ।’
यस्तै तुषारले एकपटक हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा प्रकाश झाले उनलाई सरोगेसीमार्फत् पिता बन्न सुझाव दिएको बताएका थिए ।
तुषारले भनेका थिए, ‘एउटी आमाले डाइपर परिवर्तन गर्छिन्, बच्चालाई खाना खुवाउँछिन् । मानिसहरुलाई लाग्छ कि अभिभावकत्वको अर्थ यति मात्रै हो । वास्वतमा अभिभावकत्वको अर्थ निकै गहिरो छ । यसको सुरुवात नै प्रेम हो जुन कुनै शर्तको हुन्छ । उनीहरुलाई हुर्काउनु र उनीहरुलाई समर्थन गर्नु ।’
बताए आफ्नो अनुभवः
तुषारले थपे, ‘एउटा पिताको आफ्नो भावना व्यक्त गर्ने तरिका भिन्न हुन्छ । उनीहरु आफ्नो भिन्न पेरेन्टिङ स्टाइलका कारण कम प्रोटेक्टिभ हुन सक्लान् । दृष्टिकोण फरक हुन सक्ला तर भावना र प्रेम एउटी आमाको जस्तै हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण