डोल्पा खुल्ला दिशामुक्त जिल्ला घोषणा हुँदै,३० लाख खर्च लाग्ने अनुमान

दुनै(डोल्पा) – आगामी कार्तिक ९ गते खुल्ला कर्णालीको डोल्पा जिल्ला पूर्णतः दिशामूक्त जिल्ला घोषणा हुने भएको छ ।गत आइतबार बसेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाई दिशामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।
ढिलै भएपनि दिशामूक्त जिल्ला घोषणा हुन लागेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिए ।
कुल साबिकका २३ वटा गाविस रहेको डोल्पा जिल्लामा २०७३ साल मँसिर २५ गते साबिकको मुकोट गाविसलाइ जिल्लाकै अन्तिम खुल्ला दिशामूक्त गाविसको रुपमा घोषणा गरेको थियो । जिल्लामा सदरमुकाम बाहेक सबै स्थानिय तहहरु घोषणा भइ सकेको छ ।
पूर्ण सरसफाइका सबै क्रियाकलापहरु निरन्तर हुने र जिल्ला खुल्लादिशामूक्त घोषणाको लागि बिभिन्न क्रियाकलापहरु भइ रहेकाले पनि अब जिल्लालाई घोषणा गर्न सकिने जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव उमेश झाले जानकारी दिए ।
जिल्ला खुल्ला दिशामूक्त घोषणाको लागि सबै सुचकहरु पूरा भै सकेका छन त्यसमा कसैले पनि शँका नगर्न उनले भने । मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि असर नपर्ने गरि डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्ला घोषणामा लाग्न डि.वास.सी.सी का सल्लाहकार प्रमूख जिल्ला अधिकारी केशव राज आचार्यले निर्देशन दिए ।
जिल्लालाई खुल्ला दिशामूक्त घोषणा गर्दा केन्द्र र क्षेत्रबाट पाहुना आउने भएकोले बिशेष व्यवस्था गर्नु पर्ने हुँदा खर्चमा बिशेष हेरफेर गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका डोल्पाका संयोजक टेकम ओलीले जानकारी दिए । उनका अनुसार जिल्लाको कार्यक्रममा प्रमूख पाहुनाको रुपमा आउने पाहुनाले शे–फोक्सुण्डो तालको अबलोकन पनि गर्न सक्ने भएकोले बिशेषे हेरिएको उनले बताए ।
डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त घोषणासभा गर्नको लागि अनुमानित २५ देखि ३० लाख बराबर खर्च हुने अनुमान गरेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले जानकारी दिएको छ ।
जिल्लालाई खुल्ला दिशामूक्त घोषणा कार्यक्रमका लागि सरकारका उच्चपदस्थ ब्यक्तिहरुलाइ प्रमूख पाहुनाको रुपमा आमन्त्रण गर्ने जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना
-
माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
-
त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै