कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना
काठमाडौंँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । गत राती मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनलाई उपचारका लागि राती नै स्टार अस्पताल भर्ना गरिएको हो । त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी वाडमा उपचार भइरहेको छ ।
‘मोवाइलको ब्याट्री सकियो भनेर चार्ज गर्न खोज्दै थिए । एक्कासी पावर बंैक पड्कियो’ त्रिपाठीले भने, ‘पावर बैंक पड्किँदा ठुलो बिजुलीको झट्का दिँदो रहेछ ।’ बिजुलीको झड्का पछि आफु बेहोस भएको र होस खुल्दा अस्पतालमा पाएको त्रिपाठीले सुनाए ।
त्रिपाठीले अहिले आफ्नो अवस्था एकदमै ठिक रहेको बताए । ‘डाक्टरले केही क्षणमा डिस्चार्ज गर्ने भन्नुभएको छ’ त्रिपाठीले थपे ‘घरमा भने एक साता आराम गर्नु सुझाउनु भएको छ ।’ पछिल्लो समय ‘कुरि कुरि’ सिरियरमा अभिनयरत त्रिपाठी नेपाली जादुगरको रुपमा समेत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण