वीरेन्द्रनगरको वडा–वडामा कोरोना परीक्षण
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिका भित्र रहेका १६ वडाहरूमा कोरोना परीक्षण सुरु गरेको छ । संक्रमण फैलिएपछि परीक्षण तीव्र बनाइएको नगरपालिकाले जनाएको छ । यस समय अघिबाट वीरेन्द्रनगरमै रहेको कट्कुवा स्वास्थ्य चौकीमा हप्तामा तीन दिन मात्रै कोरोना परीक्षण हुँदै आएको थियो । तर कोरोना संक्रमितहरु धेरै होम आइसोलेसनमा रहेको र टोल–टोलमा संक्रमण फैलिन नदिन नगरपालिका वडा–वडामा पुगेको हो ।
जसअन्तर्गत बुधबार वडा नं. १३ को वडा स्वास्थ्यचौकी र वीरेन्द्रनगर नगरपालिका परिसरमा स्वास्व संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।
त्यस्तै बिहीबार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं. ९ को स्वास्थ्यचौकी लाटीकोइली, २१ गते शुक्रबार पुनः वीरेन्द्रनगर परिसर र वडा नं. १४ को स्वास्थ्य चौकी गढी, २२ गते शनिबार वीरेन्द्रनगर–२ को स्वास्थ्य चौकी उत्तरगंगा र २३ गते आइतबार वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमा स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा वडा नं. ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिने छ । यसअघि मंगलबार वडा नं. ३ को हरिडिलभूमि स्कूल र वडा नं. ७ को वडा कार्यालयमा स्वाव संकलन गरिएको थियो ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यही २५ गतेसम्म निषेध आदेश जारी रहेको छ । नगरपालिकाले २३ गतेभित्रै सबै वडामा स्वाव संकलन गरिसक्ने र संक्रमणको दरलाई हेरेर निषेध आदेश अन्त्य गर्ने वा कायम राख्ने भनेर एकीन हुने नगरप्रमुख देवकुमार सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण