बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा झड्केलो बुवाद्वारा ‘छोरी’ बलात्कृत

बिहीबार, २० जेठ २०७८, १६ : ५२
बिहीबार, २० जेठ २०७८

ललितपुरको एकान्तकुनामा झड्केलो बुवाले छोरीलाई बलात्कार गरेका छन् । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।  

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । उनी ललितपुरस्थित एक निजी अफिसका जागिरे हुन् । बलात्कृत किशोरीकी आमाले ती पुरुषसँग दोस्रो विवाह गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप