२० प्रतिशत छुट कार्यान्वयनमा, अब खाना पकाउने ग्यास १ हजार १२० रुपैयाँमै पाइने

सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् ।
खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार