मुख्यमन्त्री शाहीले भने- जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउँछौँ
सुर्खेत । कर्णाली प्रदेश सरकारले जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउने भएको छ । दलहरूको आग्रहपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २५ गते भित्रै अधिवेशन बोलाउने बताएका हुन् । सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले रातोपाटीलाई जानकारी दिए ।
सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रि–बजेट छलफल बिनै पूर्ण बजेट ल्याउने तयारी गरेको थियो । यद्यपि, प्रतिपक्षले भने प्रि–बजेट सामाजिक दुरी कायम गरेरै भएपनि छलफलमा ल्याउनुपर्ने प्रतिपक्षले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण