कर्णाली प्रदेश : प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि अनुरोध गर्ने सर्वदलीय बैठकको निर्णय
सुर्खेत । प्रदेश सरकारले बजेट अधिवेशन बोलाउन आनाकानी गरेपछि सर्वदलीय बैठकले बैठक आह्वानका लागि सरकारलाई अनुरोध गर्ने भएको छ । प्रदेशसभाका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु बसेर संसद आह्वान गर्नका लागि अनुरोध गर्ने भनेर निर्णय भएको छ ।’ बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुरालाई मध्यनजर गर्ने हो भने आगामी २४ गते सम्म बैठक आह्वान गर्ने सोच देखिएको छ’ उनले भने ।
प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन आह्वान गरिसकेको छ । सरकारले कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै प्रि–बजेट छलफल बिनै पूर्ण बजेट ल्याउने तयारी गरेको थियो । यद्यपि, प्रतिपक्षले भने प्रि–बजेट सामाजिक दुरी कायम गरेरै भएपनि छलफलमा ल्याउनुपर्ने प्रतिपक्षले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण