पोथीलाई खुसी बनाउन गुँड बनाउँदै तोप चरा, तस्बिरमा हेर्नुहाेस्
तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ । तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिन्छ । बसाइसराइँ गर्ने यो चराले उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ । तराईमा पाइने तोप चराहरू जेठ लागेपछि पुन उकालो लाग्छन् । यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ । तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।
काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।
खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।
हेर्नुहोस् कीर्तिपुरमा देखिएका तोप चराहरुः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण