कर्णालीमा नयाँ मन्त्रीले लिए शपथ, काँग्रेस पहिलो पटक सरकारमा
कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएपछि २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको हो ।
नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाएको छ । दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको छ ।
सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाउने काँग्रेसले जनाएको छ । दुई मन्त्री थपिए सँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण