चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघ महामन्त्री भट्टराईसहित ९ नेता पक्राउ
आइतबार, २३ जेठ २०७८, १६ : १४
चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ९ जना नेता पक्राउ परेका छन् । सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै त्यसविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।
प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए । पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।
चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण