कर्णालीमा संक्रमण निरन्तर ओरालोतिर, थप ४५८ जनाले जिते कोरोना
आइतबार, २३ जेठ २०७८, १९ : ०१
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ भने जित्नेको संख्या बढिरहेको छ । पछिल्ला केही सातादेखि निरन्तर कोरोना जित्नेहरूको संख्यामा वृद्धि भएको छ । आज एकैदिन प्रदेशभर ४५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लो २१६ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ भने ६१५ जनामा गरिएको एन्टिजेन विधिबाट भने थप १३९ जनामा पुष्टी भएको छ ।
योसँगै पछिल्लो २४ घण्टामा २८९ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६८ पुगेको निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण