बस्तीमा जङ्गली हात्तीको उत्पात : तीनवटा घरमा तोडफोड

महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्मा चोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए । तीन वटा सङ्ख्यामा रहेका हात्तीको समूह अहिले जङ्गल पसेका छन् ।
बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ । महोत्तरी, सर्लाही र धनुषाको उत्तरी भेगका चुरे क्षेत्र नजिकका बस्तीमा वर्षेनी जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ ।
चितवन निकुञ्जबाट बहेटिदै हात्ती यता आउने गरेको बताइएको छ । पछिल्ला चार÷पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा तीन वटा नै हात्ती पस्दै आएको हुँदा उही हात्ती वर्सेनी पसेको हुनसक्ने बर्दिबास–३ पाटुका सुदर्शन घिमिरेले बताए । जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भव्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका वनप्लट नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ ।
हात्तीको यही समूहले छिमेकी जिल्ला धनुषाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिई सकेको छ । आहाराको खोजीमा भौतारिँदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च
-
मजस्तो फिरन्ते मान्छेसँग भेट्न प्रधानमन्त्रीलाई केको डर ?
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल