आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेछ : रामचन्द्र पौडेल

सोमबार, २४ जेठ २०७८, १३ : ४३
सोमबार, २४ जेठ २०७८

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको आरोप लगाएका छन् । बहुल राष्ट्रमुक्ति संग्राम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनको आरोप छ । 

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री बनेपछि बहुल राष्ट्रमुक्ति स्रगामको तयारी गर्ने बताएका थिए । त्यसलाई लक्षित गर्दै सोमबार सामाजिक सञ्जालमा नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका हुन् ।

 ‘बहुल राष्ट्र मुक्ति संग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्,’ पौडेलले लेखेका छन् ।


नेता पौडेलले सत्तालाई नभई व्यवस्थालाई महत्व दिउँ भन्नेले नै अहिले चुरे ध्वस्त पार्न लागेको बताए । उनले भनेका छन्, ‘सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ ।’

सत्ताको पछि भौतारिँदै ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै गुमाउने र डुवाउने बाटोतिर लागेको उनको भनाइ छ ।  सरकारले वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यून गरिने नीति लिएपछि चर्को विरोध भइरहेको छ । 

यस्तै प्रधानमन्त्री ओली पौडेलले साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने नीति लिएको बताए । 

आयोडिन युक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरणलाई प्रतिस्पर्धी बनाइने सरकारी नीतिको पनि विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप