शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानो भर्‍याङस्थित सेनिटाइजर उद्योगमा प्रहरीको छापा

सोमबार, २४ जेठ २०७८, १५ : १८
सोमबार, २४ जेठ २०७८

काठमाडौंको सानो भर्‍याङस्थित सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर राजन लामा नेतृत्वको टोलीले भारत घर भएका रोशन जैसवालले संचालन गरेको उद्योगमा छापा मारेको हो । 

बिना दर्ता उद्योग संचालन गर्ने भारतिय नागरिक जयसवाल फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

प्रहरीले ठुलो परिमाणमा ‘क्लिन ह्यान्ड रव’ लेखिएको सेनिटाइजर बरामद गरेको छ । कम्पनीका मेनेजर धादिङ घर भएका दिपक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप