सुर्खेतमा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा
सुर्खेतमा वैशाख १४ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
कोभिड संक्रमण फैलिने क्रम बढेपछि वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता ४ पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । अहिले ३१ गतेसम्म थपिएको निषेधाज्ञामा विकास निर्माणका कामहरुमा कडाई नगर्ने निर्णय भएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार यस अवधिमा विशेषगरी विकास निर्माणका कामहरु केही खुकुलो बनाइनेछ । निषेधाज्ञामा खाद्यान्न पसलहरु हप्तामा तीन दिन बिहानको समयमा, तरकारी तथा दुधजन्य पसलहरु साताभर बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण