५ दिनमा १ लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेका छौं : मेयर शाक्य

मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको हो । मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए । जेष्ठ नागरिकसँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरिकन खोप लगाउन सहजीकरण गरिने पनि उनले जानकारी दिए । २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान