वीरेन्द्रनगरबाट लागु औषधसहित १ युवक पक्राउ
सोमबार, २४ जेठ २०७८, १९ : ४१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर ५ चिसापानी बिहानी टोलबाट २० बर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो ।
सडकमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा सुनारको शरीर खानतलासी गर्दा ११० मिलि ग्राम लागुऔषध (ब्राउनसुगर) बरामद गरिएको सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
पक्राउ परेका अर्जुन सुनार माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण