कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन
कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।
शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे ।
राष्ट्रिय विद्युत प्रसारण पुगेसँगै कालिकोटमा लोडसेडिङको अन्त्य भएको छ ।
सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत लाइन पुगेको विद्युत प्रसारण लाइन कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।
केही दिनअघि मात्रै परिक्षणका लागि सुचना जारी गरिएकाे थियाे । साेमबार राति १० बजेदेखि विद्युत लाइन छाडेकाे प्रमुख जाेशीले बताए ।
यस अघि कालिकोटको मान्मा बजार क्षेत्र र आसपासमा पोतमारा लघु जलविद्युत आयोजना मार्फत् विद्युत वितरण गरिँदै आइएको थियो । लघु जलविद्युतको पावर हाउसमा समस्या देखिएपछि एक वर्षदेखि वितरणमा समस्या आएको थियो ।
जेनेरेटरबाट पनि न्यून मात्रामा विद्युत सप्लाइ हुने गरेकाे उनले बताए ।हाल कालिकोटको खाँडचक्र नगरपालिका र सानीत्रिवेणी गाउँपालिकामा तीन हजार ८०० भन्दा बढी ग्राहक छन् । कोरोनाको अवस्था सहज भएपछि थप ग्राहक (मिटर बक्स वितरण) बढाइने बताइएको जाेशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण