स्थगित कर्णाली प्रदेशसभा बैठक सुरु हुन सकेन
मंगलबार २ बजे बोलाइएको कर्णाली प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन ।
सोमबार कार्यसूचीमा प्रवेशनै नगरी स्थगित प्रदेशसभाको आठौं अधिवेशन बैठक पुर्व निर्धारित समय भन्दा बढि दुई घण्टा बित्दा समेत सुरु नभएपछि अनिश्चित बनेको छ ।
कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले लिएपछि बैठक स्थगित भएको थियो ।
एमालेका संसदीय दलका नेता यामलाल कँडेल र सांसद करविर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजे सम्मका लागि बैठक स्थगित गरेका थिए ।
सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा छलफल चलिरहेपनि सहमति नभएकाले आजको बैठक बस्ने नबस्ने अनिश्चित रहेको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण