दाङको तुलसीपुरमा हवाई फायर, एकजना पक्राउ
शुक्रबार, २८ जेठ २०७८, १३ : ४६

दाङको तुलसीपुरमा एकजनाले हवाई फायर गरेका छन् । हवाई फायर गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए । कुलो सम्बन्धी विवाद हुँदा तुलसीपुर उपमहानगरपालिका–८ का पुर्ण बहादुर ओलीले गोली चलाएका हुन् ।
पूर्ण बहादुरलाई होम मेड पेस्तोलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए । वर्ष २४ का ओलीले सो पेस्तोल भारतबाट किनेर ल्याएको प्रहरीलाई बताएका छन् ।