लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा नेपाली मोडल अनिता
लन्डनको बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’ नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । सामाजिक सञ्जालमा उनको प्रतिभा देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेको थियो । आयोजकको आग्रहअनुसार उनले शो को अडिसनमा सहभागी हुँदै कार्यक्रममा भाग लिएकी थिइन् ।
रियालिटी शो ‘आई टिभी टू’ च्यानलमार्फत प्रसारण भएको छ । ‘आई टिभी हब’ मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । ताप्लेजुङमा जन्मिएर इटहरीमा हुर्किएकी उनी सानै देखि नृत्यमा माहिर थिइन् । नेपालमा विभिन्न सांगीतिकका कार्यक्रम र मोडलिङ शो मा भाग लिँदै गर्दा अध्ययनको शिलशिलामा यूके पुगेकी उनले ‘बर्हिगमनको एक फेशन शो’ बाट मोडलिङ यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘अक्सफोर्ड फेशन विक’ र ‘लण्डन फेशन शो’ मा पनि भाग लिइसकेकी छिन् ।
फेसन शो को अलवा लण्डनमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा पनि भाग लिँदै आएकी उनले सौन्दर्य प्रतियोगिताबाट विभिन्न टाइटल अवार्ड समेत हात परेकी छन् । थुप्रै नेपाली म्युजिक भिडियोमा समेत अभिनय गरेकी ५ फिट ७ इञ्च उचाई र आकर्षक शरीर भएकी अनिताको जिउडाल जो कोहीलाई पनि लोभ्याउने खालको रहेको छ । । नेपाली फिल्म अभिनयमा पनि आफ्नो रुचिको बिषय भएको बताउने उनी भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच रहेको बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण