राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा
सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउने बताइन् ।
कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।” मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन् ।
अहिलेको सूचनाप्रविधिको युग अनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिए । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त