कोभिड–१९ बिरुद्ध एपीएफ अस्पतालको भूमिका अब्बल : गृहमन्त्री
गृहमन्त्री खगराज अधिकारीले कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीको एपीएफ अस्पतालको भुमिका अब्बल रहेको बताएका छन् । शनिवार हलचोक स्थित सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उनले भने–‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालको भुमिका अब्बल छ ।’
मन्त्री नियुक्त भएपछि सशस्त्रको प्रधान कार्यालय पुगेका अधिकारीले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच सशस्त्रले गरेको कामको प्रशंसा गरेका छन् । उनले भने–‘भुकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच संगठनले गरेको कामको हृदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।’
सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले अधिकारीलाई संगठनले गरेका काम कारवाहीबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पुर्याएको योगदानको पनि गृहमन्त्री अधिकारीले प्रशंसा गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको उल्लेख गर्दै उनले भने– ‘सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनस्रोत, जनशक्ति र वृत्तिविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्छु ।’
सशस्त्रका महानिरीक्षक खनालले गृहमन्त्रीको निर्देशन अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । निरीक्षण भ्रमणको लाईभ भिडियो स्ट्रिमिङ्गमार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण