प्रदेश १ सभामा ढुंगा-गिटी निर्यात गर्ने नीतिविरुद्ध संशोधन प्रस्ताव दर्ता
प्रदेश १ सभामा संघीय सरकारले नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले सभामा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभामा प्रदेश १ सरकारले प्रस्तुत गरेका आगामी वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले ल्याएको सो नीति कार्यान्वयनमा नलैजान माग गरे । सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नास हुने जनाइएको छ ।
उनले प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन ढुंगा, गिटी निर्यात गर्न नदिने गरी निर्णय गर्नुपर्ने माग समेत गरेका छन् । संघीय सरकारको सो निर्णयविरुद्ध प्रदेशसभामा सबै विपक्षी दलहरूले चर्को विरोध जनाइरहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण