शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ सभामा ढुंगा-गिटी निर्यात गर्ने नीतिविरुद्ध संशोधन प्रस्ताव दर्ता

आइतबार, ३० जेठ २०७८, १५ : ५०
आइतबार, ३० जेठ २०७८

प्रदेश १ सभामा संघीय सरकारले नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले सभामा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

प्रदेशसभामा प्रदेश १ सरकारले प्रस्तुत गरेका आगामी वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले ल्याएको सो नीति कार्यान्वयनमा नलैजान माग गरे । सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नास हुने जनाइएको छ ।

उनले प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन  ढुंगा, गिटी निर्यात गर्न नदिने गरी निर्णय गर्नुपर्ने माग समेत गरेका छन् ।  संघीय सरकारको सो निर्णयविरुद्ध प्रदेशसभामा सबै विपक्षी दलहरूले चर्को विरोध जनाइरहेका छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप