शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेदरल्यान्डस् भर्सेज युक्रेन– महत्वपूर्ण हुनेछ फर्ममा रहेका यी स्ट्राइकरको प्रदर्शन

आइतबार, ३० जेठ २०७८, १६ : ३१
आइतबार, ३० जेठ २०७८

मेम्फिस डेपे 
वेस्ले स्नाईज्डर, आर्यन रोब्बिन र रोबिन भान पर्सीजस्ता विश्वस्तरीय खेलाडी सम्मिलित नेदरल्यान्डस्को आक्रामक टोली सन् २०१० को विश्वकपमा फाइनल र २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो । यस प्रतियोगितामा उत्कृष्ट तीन खेलाडीको मनोनयनमा फ्रान्स पाउल पोग्बा र राफेल भरानेसँगै मेम्फिस डेपे पनि परेका थिए ।

७ वर्षपछि ठूला प्रतियोगितामा फर्कन लागेको नेदरल्यान्डस् अधिकांश नयाँ खेलाडीले भरिएको छ, अग्रपंक्तिमा डेपेमात्रै त्यस्ता खेलाडी हुन्, जोसँग ठूला प्रतियोगिताको अनुभव छ । यसबाहेक मिडफिल्डमा जर्जिनियो विज्नाल्डुम र  डेली ब्लाईन्ड तथा गोलरक्षक मार्टिन स्टेकेलेनवर्गसँग पनि ठूला प्रतियोगिता खेलेको अनुभव छ ।  

डेपेले यस सिजन फ्रान्सेली क्लब लियोनबाट २० गोल गरे भने १२ गोलका लागि पास मिलाइदिए । क्लब स्तरमा गरेको त्यही प्रदर्शन उनले राष्ट्रिय टोलीबाट दोहोर्याउन सकेमा नेदरल्यान्डले प्रतियोगितामा लामो यात्रा गर्न सक्छ । 

आन्द्रेई यार्मोलेन्को 

वेस्टह्यामबाट व्यवसायिक फुटबल खेल्ने यी विंगर सधैं युक्रेनका लागि महत्वपूर्ण साबित हुँदै आएका छन् । वर्तमान युक्रेनी टोलीमा उनी सर्वाधिक गोलकर्ता हुन् । उनले ९४ खेलमा ४० गोल गरेका छन् । ३१ वर्षीय यार्मोलेन्कोसँग युरो २०१२ र युरो २०१६ मा समेत प्रतिस्पर्धा गरेको अनुभव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप