मोरङमा एक साताका लागि निषेधाज्ञा थप
जिल्ला प्रशासन कार्यालय मोरङले आगामी एक साताका लागि निषेधाज्ञा थप गरेको छ । केही खुकुलो प्रावधान राखेर स्थानीय प्रशासनले पाँचौ पटक निषेधाज्ञा थप गरेको हो । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता समय थप गरेको हो । यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ ।
अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै अब वर्कसपहरु बिहानैदेखि सञ्चालन गर्न सकिने छ ।
सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन् भने दूध तथा दुधजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
मोरङ प्रशासनले जिल्लामा कोरोना संक्रमणको दर बढेको निष्कर्ष निकाल्दै १८ वैशाखदेखि निषेधाज्ञा जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण