एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय
प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाईमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।
वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरी (अदालतको सहयोगी) मा पठाउने निर्णय गरिएको सर्वोच्च बारका कार्यसमिति सदस्य विकास भट्टराईले रातोपाटीलाई बताए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाई हुँदैछ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले दुईजना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको हो । जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई–दुई जना एमिकस क्युरी माग गरेको थियो । एमिकस क्युरीमा छनोट भएका वरिष्ठ अधिवक्ताले संविधानको स्वतन्त्र ब्याख्या गर्ने अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण