निर्धारित समयमा निर्वाचन गराउन मन्त्रालय तयारी अवस्थामा छ : गृहमन्त्री
गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए ।
उनले भने– ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटेजीका साथ निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडि बढ्न रोकिनुपर्ने केही कारण छैन । सबै तयारी छ । आवश्यक लजिष्टिकदेखि लिएर जनशक्ति विन्यासदेखि लिएर सुरक्षा प्रबन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ । यसको कार्यान्वयनको सम्बन्धमा दलहरूसँगको एउटा सहमति, सहकार्यपछि अगाडि बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन । तोकिएको मितिमा चुनाव गर्न हाम्रो मन्त्रालय पूर्ण रुपमा तयारी हालतमा छ ।’
उनले सिमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई सो कुरा बुझिदिन आग्रह पनि गरे । उनले भने– ‘नेपालीहरु सिमाको आफ्नो सार्वभौमिकता बारे अत्यन्तै संवेदनशील छन् । जसरी अरु देशहरु संवेदनशील छन् । त्यसरी नेपालीहरुको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहान्छौँ । हामी हाम्रो सीमा रक्षाका लागि अरुले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहान्छौँ ।’ मन्त्री अधिकारीले कोभिड १९ विरुद्धको खोपको तेस्रो ट्रायलमा जाने ढाँचाको खोप ल्याउने विषयमा पनि छलफल गरीरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण