पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
मङ्गलबार, ०१ असार २०७८, २२ : ०२
लगातारको वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको स्याङ्जा र पाल्पामा पर्ने सडक खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईका अनुसार सो राजमार्गको पाल्पा खण्डमा मात्र ५ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएपछि पोखरा र बुटवलतर्फ जाने अत्यावश्यक सवारी साधन रोकिएका छन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित कुभिण्डेमा पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । सड्क डिभिजन कार्यालय र सम्बन्धित निकायसँग सहकार्य गरेर पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण