सिन्धुपाल्चोकको लार्के बस्तीमा पहिरो, इन्द्रावती नदी थुनियो
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा ठुलो जोखिम बढेको बताइएको छ ।
पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले रातोपाटीलाई बताए । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । ३ दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ । तिपेनी बजार नजिकै रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामबाट पानी ओरभफ्लो भएको छ ।
तिपेनी बजारमा खास क्षति नभएको तर, आसपासमा धेरै क्षति भएको गाउँपालिका अध्यक्ष लामाले बताए । ‘भीषण बाढीका कारण भागाभाग भएको छ’ अध्यक्ष लामाले भने– ‘सबैलाई सुरक्षित बस्न आग्रह गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण