गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी
गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसिरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएको खबर आएपछि कार्यकारी समितिको बैठक शुरु भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले रातोपाटीलाई बताए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र बाढीले बगाएर कम्तिमा ७ जनालाई बेपत्ता बनाएको छ । बेपत्ता मध्ये एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।
विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी छन् ।
बैठकमा पछिल्लो बाढी, पहिरोका कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण