सभामुखद्वारा सिन्धुपाल्चोकको पहिरो अवलोकन
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा अवलोकन गरेका हुन् ।
सभामुखसँगै निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, ‘हामीले मेलम्चीभन्दा धेरै माथि पुगेर पहिरो कहाँबाट खसेको रहेछ भनेर पत्ता लगाउने कोसिस गर्यौं, तर पहिरो खसेको मुहान पत्ता लाग्न सकेन ।’
सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार साँझदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिका लगायतका स्थानमा निकै ठूलो क्षति भएको छ । बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
(भुल सुधार- यसअघि सभामुखले हेलिकोप्टरबाट निरीक्षण गरेको भन्ने परेकोमा सच्याइएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सभामुखको टोली स्थालमार्गबाटै निरीक्षण गरेर फर्केको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण