छात्रा मृत्यु प्रकरण : शव परीक्षणमा घाटीभित्र चोट देखियो
झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाटीको भित्री भागमा चोट देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको घाटी र चिउँडो मुनि चोटपटक देखिएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो । बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले दमक रातोपुल बस्ने २८ वर्षीय अरुण राईलाई पक्राउ गरेको छ । राईलाई अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
सेजलको रहस्यमय ढङ्गबाट हत्या भएको भन्दै असार १ गते उनका बुवाले किटानी जाहेरी दिएका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र किटानी जाहेरी आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा राईलाई मङ्गलबार पक्राउ गरेको थियो ।
देउमाई ४ इलाम निवासी १९ वर्षीय सेजल दमक ५ का चन्द्रबहादुर गुरुङको घरको दोस्रो तलामा डेरा गरि लाइफलाइन अस्पतालमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनलाई आफू बस्ने डेराको शौचालयमा जेठ २६ गते साँझ साढे ६ बजे बेहोश अवस्थामा अरुण र निजका साथीहरुले फेला पारी अस्पताल लगेकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण