छात्रा मृत्यु प्रकरण : शव परीक्षणमा घाटीभित्र चोट देखियो

झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाटीको भित्री भागमा चोट देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको घाटी र चिउँडो मुनि चोटपटक देखिएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो । बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले दमक रातोपुल बस्ने २८ वर्षीय अरुण राईलाई पक्राउ गरेको छ । राईलाई अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
सेजलको रहस्यमय ढङ्गबाट हत्या भएको भन्दै असार १ गते उनका बुवाले किटानी जाहेरी दिएका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र किटानी जाहेरी आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा राईलाई मङ्गलबार पक्राउ गरेको थियो ।
देउमाई ४ इलाम निवासी १९ वर्षीय सेजल दमक ५ का चन्द्रबहादुर गुरुङको घरको दोस्रो तलामा डेरा गरि लाइफलाइन अस्पतालमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनलाई आफू बस्ने डेराको शौचालयमा जेठ २६ गते साँझ साढे ६ बजे बेहोश अवस्थामा अरुण र निजका साथीहरुले फेला पारी अस्पताल लगेकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
-
सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छ : सांसद भट्टराई
-
ज्योति विकास बैंक ‘नेपालपे कार्ड’मा आवद्ध
-
जारी छ राजधानीका मुख्य खोलाहरूको सरसफाइ, तस्बिरहरू
-
‘अब नेपालमै सबैथोक छ भन्ने भाष्य स्थापित गर्न चाहन्छु’ (भिडियोसहित)
-
सरकारले ल्याएकाे नीति तथा कार्यक्रमलाई स्वर्णिम वाग्लेले गरे उँट र टापुसँग तुलना