मेलम्ची खानेपानी आयोजनाले बाढीले कटान गरेको स्थानमा अस्थायी बाटो बनाउने
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची बाढीले कटान गरेको बाटो खुलाउने तयारी गरेको छ । यसबारे आज ठेकेदार कम्पनी, परामर्शदाता कम्पनीसँग छलफल भएको प्रवक्ता राजेन्द्र पन्तले जनाकारी दिए । मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा पर्ने सडक कटान गरेको छ भने ३ वटा पुल बगाएको छ ।
आयोजनास्थलमा क्षतिको अवस्था मूल्याङ्कनका लागि मेलम्ची खानेपानी परियोजनाका पदाधिकारी, ठेकेदार कम्पनीले स्थलगत अध्ययन गर्ने तयारी भएको छ । अहिले स्थलमार्गबाट आयोजना स्थलमा पुग्न कठिनाई हुने भएकोले हेलिकोप्टरबाट गएर निरीक्षण गर्ने तयारी भएको प्रवक्ता पन्तले जानकारी दिए ।
बाढीले आयोजनास्थलको सुरुङ मार्गमा पानी पठाउने बाँध पुरेको छ भने आयोजनास्थलमा रहेका निर्माण सामग्री, निर्माण उपकरण तथा कामदार बस्ने शिविर बगाएको छ । यस्तै बाढीले बेपत्ता भएकाहरुको पहिचानका लागि प्रहरीलाई उनीहरुको विस्तृत विवरण उपलब्ध गराइएको पन्तले बताए । आयोजनास्थलमा काम गर्ने ३ चिनियाँ, ३ भारतीय र २ जना नेपाली गरी ८ जना वेपत्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण