सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा ३३३ जनामा कोरोना संक्रमण पुष्टी, थप ४ जनाको मृत्यु

बिहीबार, ०३ असार २०७८, १७ : ४३
बिहीबार, ०३ असार २०७८

गण्डकी प्रदेशमा थप ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा ३३३ जनामो संक्रमण देखिएको हो । संक्रमितमध्ये १४७ महिला र १६८ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीमा ११९, बागलुङ ५२, गोरखामा १६, नवलपरासी २५, स्याङजा २५, तनहुँ १०, लमजुङ ७७, पर्वत ५ र म्याग्दीमा ४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ७६८ पुगेको छ । 

त्यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा २,गोरखा १ र नवलपरासी पूर्वमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप